‘पूर्ण बहादुरको सारङ्गी’ को लोक ब्याटल ‘रैया चाँदीको’ सार्वजनिक


काठमाडौँ। कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक लोक ब्याटल ‘रैया चाँदीको’ बोलको गीतमा आशिष अविरलको संगीत,नवराज पन्तको शब्द र आशिष अविरल र मेलिना राईको स्वर रहेको छ। गीतमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली,बुद्दि तामाङ फिचर्ड छन्।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत,भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् । चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको निर्माता पौडेलले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.