गोल्डेन नेपाली फिल्म अवार्ड डिसेम्बर २१ मा


काठमाडौं । प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड डिसेम्बर २१ मा आयोजना गरिने भएको छ । पहिला नोभेम्बर १६ मा आयोजना गर्ने घोषणा गरिएको अवार्ड अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपति निर्वाचनका कारण एक महिना पछि सारिएको अवार्डका नेपाल संयोजक सुनील कटुवालद्वारा शनिबार जारी बिज्ञप्तीमा उल्लेख छ ।

‘अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई ख्याल राखी सोही सेरोफेरोमा आयोजना हुने तयारीमा रहेको प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको मिति सारिएको’ बिज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका कारण पाहुनाहरुको सुरक्षा र आवागमनमा हुने कडा तथा असहजताको ख्याल गरि अवार्ड कार्यक्रम पूर्वनिर्धारित भन्दा करिब एक महिनापछि सारिएको जनाईको छ ।

अवार्ड मुल समारोह २१ डिसेम्बर २०२४ को साँझ ६ बजे क्यालिफोर्नीयास्थित रिचमन्ड मेमोरियल अडिटोरियम,४०३ सिभिक सेन्टर प्लाजामा आयोजना हुने छ भने २२ डिसेम्बर बिहान ११ बजे बार्केलेमा नेपाली कलासंस्कृति,भेषभेषा झल्कने झाँकीसहित–प्रभातफेरि नेपाल डे परेड आयोजना गरिने छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीहरुसँग मिट एण्ड ग्रिट क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्तीमा उल्लेख छ ।

०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरु समाबेश गरिएको अवार्डमा झण्डै डेढ दर्जन बिधामा प्रतिस्पर्धी अवार्ड प्रदान गर्नुका साथै एक बिशिष्ट चलचित्रकर्मीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड दिइदैछ अवार्डमा सहभागी हुनका लागि नेपालबाट तीन दर्जन बढी सेलिब्रेटी अमेरिका पुग्नेछन् भने अमेरिकामै रहेका चलचित्रकर्मीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ । अवार्डको जुरीमा नेपालबाट बरिष्ट अभिनेता शिब श्रेष्ठ,बरिष्ट अभिनेता सुनील थापा,चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,बरिष्ट छायाँकार गौरीशंकर धूजु श्रेष्ठ,अभिनेता सुनील कटुवाल र बरिष्ट चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी छन् । अवार्ड समारोह चर्चित होस्ट नरेश भट्टराईले संचालन गर्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.