लफंगा साउन ३० गते बाट चलचित्र घरहरुमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
एका तर्फ नेपाली चलचित्रको बजार घट्यो भन्नेहरु छन् भने अर्को तर्फ नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकार तथा निर्माताहरुको प्रवेश बढी नै रहेको छ। यसै क्रममा नयाँ चलचित्र ‘लफंगा’ लफंगाको निर्माण सम्पन्न भएको छ। यहि साउन ३० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लफंगा’ मा पनि नयाँ कलाकारहरुकै बाहुल्यता रहेको छ। चलचित्र लाई बी.एस.बलामीले निर्माण तथा निर्देशन गरेका हुन्। चलचित्रमा संगीत टंक बुढाथोकी,द्वन्द राजेन्द्र चौधरीको रहेको छ।
Lafanga-poster
प्रेम शर्मा सुर्खेति,अक्सर शर्मा,संगीत सिंह,बिजय रोकाय,सुष्मा शाही लगाएतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा कार्यकारी निर्माताको रुपमा आलोक श्री रहेका छन् भने निर्मात्री मिना शर्मा हुन्। एक्सन तथा रोमान्स श्रेणीको चलचित्रले दर्शक लाई पूर्ण मनोरंजन प्रदान गर्ने निर्माण पक्षको दाबी रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.