क्षत्री समाजले क्षत्री दिवसको अवसरमा गर्यो श्रस्टा सम्मान कार्यक्रम



काठमाडौँ। क्षत्री समाजले प्रत्येक बर्ष घटस्थापनाको दिनलाई क्षत्री दिवसको रुपमा मनाउदै आएको छ। क्षत्रीहरुको पहिचान र अस्तित्वको लागी क्षत्री समाजले दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको छ। कागेश्वरी मनोहरा नगर पालिकाका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष श्याम कार्कीले गरेका थिए।


पेप्सीकोला काठमाडौँमा सम्पन्न कार्यक्रममा क्षत्री समाजको स्थापना दिवस संगै विजया दशमी,दिपावलीको शुभकामना आदान प्रादान साथै श्रस्टा सम्मान गरिएको थियो। कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउने दर्जन बढी व्यक्तित्वलाइ सम्मान गरिएको थियो। कार्यक्रममा गायक डिजराज पौडेल,गायक डेभिड शंकर,गायिका सरु गौतम,गीतकार हर्क साउद, महिला रेस्लर भगवती खड्का लगायत अन्य इन्जिनियर,डक्टर, शिक्षाविद, समाजसेवीहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कागेश्वरी मनोहरा नगर पालिकाका प्रमुख उपेन्द्र कार्कीले क्षत्रीहरुको बहादुरीको बर्णन गरे। क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष श्याम कार्कीको पहलमा आयोजना गरिएको कार्यक्रममा थुप्रै बिशिस्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको भिडियो >>>

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.