सिनेमा ‘तेल भिसा’ को डविङ सुरु


काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा सिनेमाको सकिने अभिनेता कार्कीले बताए ।

निर्देशक शंकर घिमिरेले सिनेमाको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको बताए । यसका साथै ‘तेल भिसा’ नामलाई व्यंग्यात्मक रुपमा उच्चारण गरिने हुँदा त्यसरी नै प्रस्तुत गरिएको हो ? भन्ने प्रश्नमा निर्देशक घिमिरेले हाम्रो सिनेमाले विदेशमा बस्ने हरेक नेपालीको इमोसन जोडिएकाले त्यो कुरालाई सुक्ष्म रुपमा अध्यन गरेर प्रस्तुत गरिएको उल्लेख गरे ।

अभिनेता कार्कीले पनि सिनेमा डविङ गरिरहँदा निकै मज्जा आइरहेको बताए । सिनेमाको कथा नै उत्कृष्ट रहेकाले पनि दर्शकल एउटा राम्रो सिनेमा हर्न पाउने दाबी गरेका छन् । निर्देशक घिमिरेका यसअघिका सिनेमा आफुले नहेरे पनि लामो समयपछि कमव्याक गरेपनि उत्कृष्ट काम गरेको अनुभव सुनाए ।

यसअघि आफुले विदेशमा छायांकन गरिने सिनेमा लुकेर खिचिने सुनेको भएपनि ‘तेल भिसा’ पूर्ण रुपमा अमेरिकन सरकारसंग अनुमति लिएर सुटिङ गरिएकाले नेपालमा छायांकन गर्दाको भन्दा फरक अनुभव गर्नु नपरेको विपिनले बताए । यसका साथै करिब २० वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्न लागेकी अभिनेत्री पुजा चन्दसँग काम गर्न पाएकोमा खुशी देखिए ।

निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।