धिरज र उपासनाको सिनेमा ‘खुस्मा’ को भव्य प्रिमियर


काठमाडौँ। असोज ३ अर्थात भोली बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो ।

सिनेमाको भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको सिनेमा हेर्न राजनितीज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

सिनेमा हेरेर हलबाट निस्कदै गर्दा सवैले सिनेमा उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । प्रिमियर शोमा सिनेमा हेरेका अधिकांशले सिनेमाको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.