तिमीसँग बोल्न मन लाग्यो भन्दै डब्बु


काठमाडौं। गीतकार डब्बु क्षत्रीले गत महिना मात्रै आफ्नो नयाँ गीत बजाई देउन बाजा… ओएसआर डिजिटलबाट दर्शकमाझ ल्याएका थिए । गीतकार डब्बु क्षत्री यतिबेला अर्को गीतको भिडियो लिएर दर्शकमाझ आएका छन् । उनले आधुनिक गीत गीत तिमीसँग बोल्न मन लाग्यो…को भिडियो आईतबार सार्वजनिक गरेका हुन् ।

यो गीत सात वर्षअघि रेकर्ड गरिएको थियो । तर यसको भिडियो बनेको थिएन । त्यतिबेला डब्बु क्षत्रीको गीतिसँग्रह ‘गुलाबी स्वरहरु’मा यो गीत समेटिएको छ । यसलाई यतिबेला रि मिक्सिङ गरेर भिडियोको रुपमा बजारमा ल्याईएको गीतकार क्षत्रीले बताएका छन् । यो गीचको रचनासँगै भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले गरेका छन्,‘पुन मिक्सिङ गरेर हामीले यसलाई ल्याएका हौं । गीत अनुसारको भिडियो बनाईएको छ ।’ गीतकार क्षत्रीले भने ।

यो गीतमा गायिका केन्जुमा सुब्बाको स्वर रहेको छ । बिन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यस अघि निकै सुनिएको गीतलाई भिडियोमा ल्याउँदा खुसी लागेको गायिका केन्जुमा सुब्बाले बताईन् । संगीतकार जुगल डँगोलको संगीत छ । गीतमा संगीत संयोजन पनि जुगलकै हो । काठमाडौंको पुतलीसडक स्थित आर्टुम्युज रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा युगल जोडीको प्रेम आसक्तिको वयान गरेकाले भिडियोमा पनि सोही भावलाई समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् । भिडियोमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचले अभिनय गरेका छन् ।

यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । प्रविण सुवेदीद्धारा छायाँकन गरिएको भिडियोमा बीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन तथा रँग सँयोजन रहेको छ ।