गोविन्दको गीत ‘घोर अन्याय भो’ मा शिल्पा र नेत्र (भिडियो)


काठमाडौँ । गायक गोविन्द राईको स्वरमा रहेको गीत ‘घोर अन्याय भो’ सार्वजनिक गरिएको छ । गजल शैलीमा तयार प्रेमपिडा बोल्ने गीतमा लय संग्रौलाको शब्द तथा विकास चौधरीको संगीत छ । गीतको एरेन्ज संजय हमालले गरेका हुन् ।

गीतको भिडियोमा शिल्पा पोखरेल, नव प्रस्तुति नेत्र चौलागाईको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा शिल्पाले नेत्रलाई प्रेममा धोका दिएर पुष्कर राउतसँग विवाह गरेको देखाइएको छ ।

भिडियोको निर्माण प्रज्ञा फिल्मस्ले गरेको हो । फिल्म तथा टेलिफिल्म निर्माण गर्दै आएको प्रज्ञा फिल्मस्ले अब निरन्तर भिडियो निर्माण गर्दै नव प्रतिभालाई अवसर दिने उद्देश्यसहित भिडियो निर्माणमा हात बढाएको हो । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

मदन कस्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशक सुरेश पाण्डेको रहेको छ ।