अभिनेता धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति


काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । यही सिलसिलामा शनिबार अभिनेता धिरज मगर नेपाल मगर सांस्कृतिक सङ्घ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगितामा पुगेका थिए ।

कार्यक्रममा अभिनेता मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य समेत देखाए । कार्यक्रमको प्रमुख अतिथिमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन रहेका थिए । अभिनेता मगरले नृत्य गर्दा पूर्व उपराष्ट्रपति पुनले पनि नृत्यमा साथ दिएका थिए ।

कार्यक्रममा अभिनेता मगरलाई पूर्व उपराष्ट्रपति पुन सांस्कृतिक सङ्घको लोगो अङ्कित पगरी लगाइदिँदै सफलताको शुभकामना दिए ।

रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो युकेमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई फिल्मबाट विश्वलाई चिनाउन लागि परेको भन्दै आफूले समय मिलाएर ‘खुस्मा’ हेर्ने बाचा समेत पूर्व उपराष्ट्रपति पुनले गरे ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि ठुलो पर्दाको यो डेब्यु फिल्म हो ।

वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्मको सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

फिल्ममा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ । एसडी योगी र छान्जु पार्क (कोरियन) को सङ्गीत फिल्ममा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.