फिल्म ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बजारमा


काठमाडौँ – अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बोलको गीत सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ ।

गीतमा बालगायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि रहेको छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको निर्देशन सन्जोग राईले गरेका हुन् । निर्देशक राईले अजय गौतमसँग मिलेर फिल्मको कथा लेखेका हुन् ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘देवी’ निर्माणमा बाँसुरी फिल्मस्को सहकार्य छ ।

नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।

रेमन गुरुङ र सन्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको फिल्मको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।