‘वर एण्ड वधु’को तेस्रो गीत ‘सिरि सिरि हावा’मा रोमान्टिक विवेक र आँचल – भिडियो


काठमाडौं- यही भदौको १४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘वर एण्ड वधु’को तेस्रो गीत ‘सिरि सिरि हावा’ सार्वजनिक भएको छ ।

मिलन चाम्सको निर्देशनमा निमार्मण भएको फिल्मको बिहीबार सार्वजनिक गीतमा डेब्यु अभिनेता विवेक कर्माचार्य र नायिका आँचल शर्मालाई राेमान्टिक मुडमा देख्न सकिन्छ।

सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना तथा युग भुषालको संगीत रहेको गीतमा सुगम पोखरेल र नेहा करोडेको स्वर रहेको छ ।

नेपाल र रोमानियाको सुन्दर लोकेशनमा खिचिएको फिल्मको सार्वजनिक गीतमा आँचल र विवेको केमेष्ट्री गजब देखिएको छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।

फिल्म ‘वर एण्ड वधु’मा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ ।
एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् ।

फिल्ममा सुदिप बरालको छायांकन, प्रदीप भारद्वाजको लेखन छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.