भिडियोमा हेर्नुहोस् एक्सन प्रधान चलचित्र ‘रावायण’ ट्रेलर


काठमाडौं- चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर एक्सन प्रधान देख्न सकिन्छ ।

चलचित्रमा नायक पल शाह, पूजा शर्मा र प्रियका कार्की र प्रमोद आग्रहरीको प्रमुख अभिनय रहेको छ । ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै चलचित्रकी निर्माता तथा नायिका पूजा शर्माले फरक विधामा चलचित्र निर्माण भएको भन्दै सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।

उनले भनिन्,‘म र पल शाह सँगै भएको लभस्टोरी फिल्म मात्र यहाँहरु सामु लिएर आएको थियौं । अहिले त्यो भन्दा फरक लिएर आएका छौं । फिल्म राम्रो बनेको छ । र यसले फिल्मले सफलता पाउँछ भन्ने कुरामा विश्वस्त छु ।’चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने चलचित्रमा श्याम अधिकारीको कथा,प्रदीप श्रीवास्तवको पटकथा,सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र भदौ २१ गते बाट देशभर प्रदर्शन हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.