दुबईमा ‘सिएनए इन्टरनेशनल अवार्ड’ हुँदै


दुबई । पछिल्लो समय गीत, संगीत, चलचित्र र विविध कार्यक्रमको लागि व्यस्त रहेको दुबईमा सिएनए इन्टरनेशनल अनर अवार्ड आयोजना हुने भएको छ । सेलेब्रेटी नेपाल प्रतिष्ठान र साथीभाई इन्टरटेन्मेन्टले ग्रिन नेपाल ट्राभल्सको सहकार्यमा दुबईमा अवार्ड आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाका अनुसार विभिन्न क्षेत्रमा स्थापित भएका सामाजिक व्यक्तिहरु जसले नेपालको कला, संस्कृति, चलचित्र, पर्यटन र पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान गरेका छन्, उहाँहरुलाई आयोजक संस्थाले मूल्याङ्कनको आधारमा अवार्ड प्रदान गरिनेछ ।

नेपाली कला, साहित्य र चलचित्रका केही चलचित्रकर्मी र कलाकर्मीका साथै पत्रकार र दुबईमा रहेका प्रतिष्ठित व्यत्तिहरुलाई विशेष सम्मानका साथ अवार्ड प्रदान गरिनेछ । अगस्ट १७ अर्थात भाद्र १ गते दुबईको क्लव एसके सेभेनमा आयोजना हुन लागेको अवार्डमा नेपालबाट कलाकार, अतिथि र पत्रकार गरि २० बढिको सहभागिता रहनेछ । अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह, मोडल दिपक घिमिरे, निर्देशक कमल एक्चै मगर, नितिन चन्द, ओएसआर डिजिटलका ओम अग्रवाल, हाईलाईट्स नेपालका जनक तामाङ, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लगायत सहभागी हुनेछन् ।
दुबईमा कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा तयारी गरिरहेका साथीभाई ईन्टरटेन्मेन्टका हरि मोक्तानले भव्य समारोह आयोजनाका लागि सम्पूर्ण तयारी सकेको बताएका छन् । दुबईमा साँगीतिक कार्यक्रम सहित अवार्ड समारोहको आयोजना गरिएको मोत्तानले बताए । कार्यक्रमको व्यवस्थापन तथा डिजाईन बलामी फिल्म ईन्टरटेन्मेन्टले गरेको हो ।

नेपाल कला, संस्कृति, चलचित्र, सामाजिक र पर्यटन क्षेत्रको प्रवद्र्धन र त्यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले सिएनए इन्टरनेशनल अनर अवार्ड आयोजना गरिएको अध्यक्ष रघुनाथ सापकोटाले बताए । कार्यक्रममा गैर आवासीय संघका पदाकिारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिभि र दुबईमा रहेका नेपलीहरु ग्रि हजार बढिको उपस्थिती रहेने आयोजक जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.