राजेश पायलको ‘जहिले देखि नजर जुध्यो’ मा श्रीदेव र स्नेहा (भिडियो)


काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जहिले देखि नजर जुध्यो’बोलको गीतमा समीर राईको शब्द रचना र बलराम राजबंशीको संगीत रहेको छ। माया प्रेमका शब्द समेटेर बनेको गीतको भिडियोमा श्री देव भट्टराई र स्नेहा जोशी फिचर्ड छन्।

बिजय भुर्तेलको निर्देशन रहेको गीतमा युदिन योन्जनको छायांकन,अनुप डंगोलको कोरियोग्राफी र बिजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ। भिडियो मेला इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.