‘घर नम्बर २’मा आर्यनको प्रवेश


काठमाडौँ। सिनेमा ‘के घर के डेराः घर नम्बर २’ को लाइनअप बलियो बनेको छ । यो फिल्मको निर्माणपक्षले सिनेमाका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ । सिनेमामा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ । सिनेमाको निर्माणपक्ष र आर्यनबिच लिखित संझौता भइसकेको छ ।

आर्यनले अभिनय गरेको सिनेमा ‘पुजार सार्की’ सफल बनेको थियो । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो सिनेमाको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ । सिनेमामा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् । निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको कथा बुद्धि सागरले लेखिरहेका छन् । सिनेमामा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमालाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए । सिनेमालाई यही बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।