आशा र मनिषाको तीज गीत ‘हेर बरै’ सार्वजनिक


काठमाडौँ। नेपाली नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। पछिल्लो समय तीज गीतको नाममा छाडा शब्दहरु समाबेश गीतहरु पनि आइ रहेका छन्। राष्ट्रिय लोक संचारकर्मी नेपालले केहि गीतहरुलाई प्रतिबन्ध समेत गरेको छ। यसै क्रममा मौलिक र ठेट शब्दहरु समेटेर तीज गीत ‘हेर बरै’ सार्वजनिक गरिएको छ। गीतमा महिला दिदिबहिनिहरुको वास्तविक पिडा झल्काउन खोजिएको छ।

मनिषा घोरासैनी र आशा लामाको स्वरमा रहेको गीतमा रेशम सापकोटाको शब्द रचना तथा नबराज घोरासैनीको संगीत रहेको छ। मिलन श्रेष्ठको निर्देशनमा बनेको भिडियोको छायांकन सन्तोष तिमल्सिनाले र सम्पादन रोशन धितालले गरेका छन्। भिडियोमा गायिका द्वय मनिषा र आशाको साथमा अन्य थुप्रै कलाकारको अभिनय रहेको छ। भिडियो नबराज घोरासैनीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.