गणेशको ‘अजम्बरी’ मा आकाश र गरिमा (भिडियो )


काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटीलाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् । ‘अजम्बरी’ बोलको गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् ।

केहि दिनअघि नेपाल आएको बेला उनले आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भिडियोको छायांकन गरेका थिए। गीतको भिडियोमा एउटा विवाहित जोडीले २५ बर्षे बैबाहिक जीवन सम्म आइपुग्न माया प्रेमको लागि गरिएको त्यागलाइ देखाइएको छ । बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको ‘अजम्बरी’ गीतको भिडियोलाइ गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.