राजेन्द्रको संगीतमा सिनेमा ‘माइली’ को दुई गीत रेकर्ड


काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कथा र निर्देशनमा निर्माण हुने सिनेमा ‘माइली’ को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’ बोलका गीत रेकर्ड गरिएको हो ।

गीत ‘न त दिनले साथ दियो, न त दियो रातले’ मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ । दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ ।

सिनेमामा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् । निर्देशक बलामीले सत्यघटनामा आधारित सिनेमामा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.