बाल कलाकारहरुको लक्की सेवेन साउन ९ गते बाट


(सेलिब्रेटी नेपाल) काठमाडौँ
बाल कलाकार हरु लाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्र ‘लक्की सेवेन’सम्पादन सकेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लक्की सेवेन’ साउन ९ गते बाट प्रदर्शन हुने भएको छ पटक पटक रिलिज डेट सर्दै आएको यो चलचित्र अब साउन ९ गते बाट पक्का चल्ने जानकारी निर्माण युनिटका बाबु बलामीले गराए जेनिशा बज्राचार्य र शिवानी बलामीले संयुक्त रुपमा निर्माण गरेको चलचित्र लाई दिनेश राज शर्माले निर्देशन गरेका हुन्।
Lucky-seven-poster
चलचित्रमा जय किशन बस्नेत,जेशिका खड्का,सुनिल थापा,शिवानी बलामीको मुख्य अभिनय रहेको छ। एक्सन प्रधान चलचित्रमा बाल कलाकार हरुको भूमिका लाई प्रमुख रुपमा देखाउन खोजिएको छ। बि.जी.फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको द्वन्द निर्देशन बाबु बलामीले गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.