हार्ट अट्याक भएका निर शाहको अवस्था सामान्य


(सेलिब्रेटी नेपाल) काठमाडौँ
वरिष्ठ कलाकार, निर्देशक नीर शाहलाइ मुटुमा समस्या देखिएपछी गंगालाल हृदय रोग केन्द्र वाँसवारीमा राखिएको छ। शनिबार मध्यान्न आफ्नै निवासमा आराम गरेर बसिरहेका शाहलाई हार्ट अट्याक भएको थियो। शनिबार नै शाहलाई बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा उपचारार्थ भर्ना गरिएको छ। अहिले शाहको अवस्था सामान्य बन्दै गएको छ।शाह लाई भेट्न अस्पताल पुगेका निर्देशक सुमन दाहालका अनुसार अहिले शाहको होस खुलेर अवस्था सामान्य बन्दै गएको छ। सेलिब्रेटी नेपाल शाहको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ Nir-Shah

Copyright © 2012 - 2026 | All Right Reserved.