गोर्खालीहरुको बहादुरीको कथा निसानी


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सन् १९९९ को खालुवार, कारगिल युद्धमा गोर्खाली फौजहरुले देखाएको बहादुरी र वीरताको कथा अब दर्शकले चलचित्रको पर्दा मार्फत हेर्न पाउने भएका छन्। सिनाइ कमर्सियल प्रा.लि.को व्यानरमा प्रेम सुब्बा प्रस्तुतकर्ता रहेको फिल्म ‘निशानी’मा दर्शकले गोर्खालीको बहादुरीतालाई नियाल्ने मौका पाउने भएका छन् चलचित्र आगामी भदौ २७ गतेबाट अल नेपाल रिलिज हुँदैछ। चलचित्रलाई बिनोद सेरेङ्गले निर्देशन गरेका हुन्। Prashant-Tamang-nisani
सरोज भण्डारी र ललिता सेरेङ धौबडेल निर्माता रहेको चलचित्रमा प्रशान्त तामाङ, प्रेम सुब्बा, अनु गुरुङ, विष्णु चेम्जोङ, सिरु विष्ट, सुरज रानाभाट, जयनन्द लामा, कोपिला थापा, किशोर सम्बाहाम्फे, अस्मी गुरुङ, विकास खड्का, विष्णु तामाङ, विकास सुब्बा, पुर्ण सुब्बा, जनक न्यौपाने, राजाराम र बसन्त लामालगायतले अभिनय गरेका छन्। विनोदकै लेखन, गोविन्द राई र शिव शर्माको नृत्य, बीबी अनुरागीको संगीत, विपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन, जनक गुरुङको द्वन्द्व र युवराज राईको छायांकन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.