‘घरज्वाइँ’ टिजर : प्रेमका लागि घरज्वाइँ बस्लान् त दया?


Gharjwai || New Nepali Movie Official Teaser || Dayahang Rai, Miruna Magar,  Buddhi Tamang

दयाहाङ राई तथा मिरिना मगर स्टारर ‘घरज्वाइँ’को टिजर रिलिज भएको छ।

असार २८ मा रिलिज हुने सिनेमाको टिजरमा आफूले मनपराएकी युवती पाउनका लागि घरज्वाइँ बस्नुपर्ने सर्त राखिएपछि बस्ने कि नबस्ने भन्ने मूलपात्रको दुविधाको कथामा सिनेमा रहेको देखाएको छ।

अनिल बुढा निर्देशित सिनेमाको यो कथा मगर समुदायको संस्कृतिको सेरोफोरोमा घूमेको छ।

सिनेमामा दया र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, राज थापा, खड्कबहादुर पुन (खबपु), अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको पनि अभिनय छ ।

जनक घर्ती मगरले निर्माण गरेको सिनेमामा सुशन प्रजापतिले छायांकन छ । सिनेमा पूर्वी रुकुम जिल्लामा खिचिएको हो ।

जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाका लेखक निर्देशक बुढामगर हुन भने पटकथा तथा संवादमा उनले विनोद खतिवडा र सुभाष कोइरालासँग सहलेखन गरेका छन्।

सिनेमामा हर्क साउद र राम अविरल विष्टको गीत तथा मनोज थापा र एसडी योगीको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.