नीतिको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ ग्राण्ड प्रिमियर सम्पन्न


काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ को मंगलवार सांझ राजधानी काठमाडौँमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ।

बैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने चलचित्रले साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्छ। चलचित्रले सवा दुई घण्टा पूर्ण मनोरंजन दिनेछ। चलचित्रमा सहकारी ठगीको विषयलाईलाई समेत गम्भीरताका साथ उठाउन खोजिएको छ। चलचित्र हेर्ने सम्पूर्णले चलचित्र हेरुञ्जेल पूर्ण मनोरंजन लिएको प्रतिक्रिया दिए। चलचित्रको आज बुधवार धरानमा प्रिमियर हुँदैछ।


चलचित्रमा महेश त्रिपाठी,रेअर राई,नवीन मानन्धर, डेब्यु अभिनेत्री नीति शाह,पुस्कर कार्की,बिनिता थापा मगर,शान्तिला लगाएत सबै कलाकारले उत्कृस्ट काम गरेका छन्। निर्देशकले आफ्नो निर्देशकीय दोश्रो चलचित्रमा आफुलाई अब्बल सावित गर्न सफल छन्। हिजो आज बनिरहेका चलचित्र भन्दा ‘खजुरे ब्रो’ले केहि नयाँ स्वाद दिनेछ।

काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीमा फिल्मको छायांकन भएको हो । चलचित्रमा धरानको स्थानीय कला तथा मौलिक लवजलाई बिसेष तरिकाले प्रस्तुत गरिएको छ।


रेअर राइ र नीति शाह मुख्य भूमिकामा रहेको फिल्ममा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो ।

नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।

रोहित रत्नको आरआर फिल्मस्ले फिल्म वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।
फोटो: प्रकाश नागरी

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.