गायक योगेश्वर अमात्य डन बनेर अखडा जमाउदै


सेलिब्रेटी नेपाल काठमाडौँ
एक्सनस्टोरीलाई बेस बनाएर निर्माण हुन लागेको चलचित्र ‘अखडा’ भोलि अर्थात् जेठ २९ गतेबाट फ्लोरमा जाने भएको छ। इञ्जोय मुभिजको व्यानरमा आशिककुमार ठाकुरले निर्माण गर्न लागेको चलचित्रमा पप गायक योगेश्वर अमात्यलाई खलनायकको भूमिकामा देख्न पाइनेछ ।
Yogeswar-amatya
राजु महर्जन कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन विभु श्रेष्ठ र सुवास जिसीले संयुक्त रुपमा गर्न लागेका हुन्। चलचित्र बारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र आगामी फुलपातीको दिन रिलिज हुने जानकारी समेत गराईयो।
Akhada-Poster
चलचित्रमा योगेश्वरबाहेक धिरेन शाक्य, नन्दिता केसी, पत्रकार श्रीकृष्ण न्यौपाने, अनुप स्थापित, उदय अधिकारीलगायतको अभिनय रहेको छ। दयाराम कार्की र निलकुमार श्रेष्ठ सहनिर्माता रहेको फिल्ममा सोनाम लामाको द्वन्द्व, सन्तोष प्रगाढको संगीत, शंकर अधिकारी ‘घायल’को गीत, सुरेन्द्र भण्डारीको नृत्य, विभु श्रेष्ठको कथा, सुवास जिसीको पटकथा र राहुल राईको छायांकन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.