दयाहांग,प्रियंका नाई न भन्नु ल


सेलिब्रेटी नेपाल काठमाडौँ
बाल प्रेमकथामा आधारित चलचित्र ‘नाइ नभन्नु ल २’ले सोमबार राजधानीमा आयोजना गरिएको ‘दोस्रो मिन्स्क अनलाइनखबर चलचित्र अवार्ड २०७१’ मा सर्वाधिक विधामा अवार्ड जितेको छ। चलचित्रले ‘पपुलर चलचित्र ’सँगै निर्देशक विकास आचार्य वर्ष कै ‘पपुलर निर्देशक’ ठहरिए भने नायिका प्रियंका कार्की ‘पपुलर अभिनेत्री’, संगीतकार बसन्त सापकोटाले ‘पपुलर संगीतकार’, गीतकार डा. कृष्णहरि बरालले ‘पपुलर गीतकार’, छाँयाकार पुरुषोत्तम प्रधानले ‘पपुलर छाँयाकार’, गायक प्रेम परियारले ‘पपुलर गायक’ र कोरियोग्राफर कविराज गहतराजले ‘पपुलर नृत्य निर्देशक’ विधामा वर्ष कै पपुलर अवार्ड चुमेका छन्। Anubhav-Sugyani
दयाहाङ राईले लोकप्रिय अभिनेताको अवार्ड जितेका छन्। प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा वितरित ओफामा लोकप्रिय अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले हात पारिन्। कार्यक्रममा शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गरियो। सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल तथा मह जोडीले रेग्मी पत्नी ज्ञानु रेग्मीलाई सम्मान सहित अवार्ड प्रदान गरे।
Maha-SHIV

Copyright © 2012 - 2026 | All Right Reserved.