‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा


वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले सुखद व्यापारको संकेत गरेको छ।

५ दिन अगाडि रिलिज भएको सिनेमाले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ।

यो समाचार पार्दासम्म सिनेमाको ट्रेलरले ११ लाख ४१ हजार २४ भ्यूज पाइसकेको छ। यस्तै करिब साढे १४ सय हाराहारीले ट्रेलरमाथि प्रतिक्रिया दिएका छन्। प्रतिक्रिया दिने अधिकांशले सिनेमाको ट्रेलर मनपरेको र सिनेमा हेर्न उत्सुक रहेको बताएका छन्।

ट्रेलर रिलिज पछि मुभिज विधामा ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको थियो जुन आज छैटौं दिन आइपुग्दा पनि कायम रहेको छ।

नेपाल ट्रेन्डिङमा दुई दिन अगाडि रिलिज भएको अक्षय कुमार तथा टाइगर श्राख स्टारर ‘बडे मियाँ छोटे मियाँ’ले पछ्याइरहेको छ।

यूट्यूबको यो शैलीले सिनेमाप्रति दर्शकहरु आकर्षित रहेको देखाएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमामा अभिनेता दयाहाङ राई र आँचल शर्माले पहिलो पटक जोडी बाँधेका छन्। सिनेमामा उनीहरुलाई प्रेमीप्रेमिकाको रुपमा देख्न सकिन्छ।

सिनेमामा उनीहरुका अलावा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका छ।

चर्चित नेपाली आहान ‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइनले सिनेमाले केही फरक कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ।

सिनेमा चैत ३० गते रिलिज हुँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.