मंगसिर १२ बाट चलचित्र झोलेको छायांकन शुरु हुदै


सेलेब्रिटी नेपाल मंगसिर ५- चलचित्र हरुले राम्रो व्यापार गर्न नसकी रहे पनि चलचित्र निर्माण क्रम भने घटेको छैन यहि मंगसिर १२ बाट अर्को नया चलचित्र को सुटिंग सुरु हुन लागेको छ द युग देखि युग सम्म बाट निर्देशन यात्रा सुरु गरेका दिपेन्द्र के खनाल ले निर्देशन गर्ने चलचित्र को नाम झोले जुराइयको छ। चलचित्र का निर्माता टेकेन खड्का र मनोज भट्ट हुन् । चलचित्रमा नायिका प्रियंका कार्कीलाई बेश्याको भुमिकामा देख्न पाईनेछ चलचित्रमा सुवास थापा, ए गुरुङ, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय रहनेछ । सान बस्नेतको कथा , सूर्य थोकरको द्धन्द निर्देशन रहने यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन रहने छ।चलचित्रले द्वन्द्वकालमा पीडा भोग्न वाध्य एक युवती कसरी बेश्या बन्न वाध्य हुन्छे भन्ने कथालाई सुक्ष्म रुपमा उठान गर्ने बताईयको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.