आर्यनसंग शिल्पाको लज्जा कत्तिको सुहाउला


(सेलिब्रेटी नेपाल) २ जेठ – छविराज प्रोडक्सनको ब्यानरमा निर्मित दोस्रो चलचित्र ‘लज्जा’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ। कात्तिक ७ गते देखि देशब्यापी रिलिज हुने यस चलचित्रमा आर्यन सिग्देल र शिल्पा पोख्रेलको मुख्य भूमिका रहेको छ। निर्देशक नवल नेपालद्धारा निर्देशित यस चलचित्र नारी प्रधान रहेको निर्माण युनिटको भनाई रहेको छ । Lazza-poster
थुप्रै म्युजिक भिडियोमा काम गरि सकेकी शिल्पाको ‘लज्जा’ डेब्यु चलचित्र हो। यो चलचित्रको सार्बजनिक प्रदर्शन हुनु पूर्व नै शिल्पा चर्चामा आउन सफल भई सकेकी छिन। अब ब्यापारिक रुपमा कत्तिको सफल हुने हुन् त्यो हेर्न केहि महिना कुर्नै पर्छ। निर्माता छविको प्रिय बन्न सफल शिल्पाले छबिको अर्को चलचित्र ‘हवल्दार सुन्तली’ मा पनि काम गर्ने पक्का भई सकेको छ।Lajja-poster

Copyright © 2012 - 2026 | All Right Reserved.