हमालले लगाइदिए आफ्नी प्रेमिका लाई औंठी


(सेलिब्रेटी नेपाल) १ जेठ-राजेश हमालको विवाह धेरै चर्चा, गसिपको र जिज्ञासाको विषय बन्दै आएको थियो। राजेशले आफ्नी प्रेमिका सार्वजनिक गरेपछि धेरैको जिज्ञासा शान्त भएको छ। राजेशले बुधबार आफ्नी प्रेमिका मधु भट्टराईलाई सञ्‍चारकर्मीमाझ सार्वजनिक गर्दै प्रेमप्रस्तावसमेत राखे। लाजिम्पाटस्थित शंकर होटेलको वन आइड हलमा राजेशले मधुलाई सञ्‍चारकर्मीमाझ चिनाएका हुन्। महानायकको प्रपोज गर्ने स्टाईल निकै फरक देखियो। आफ्नो छुट्टै स्टाईलमा प्रेमिका मधु भट्टराईलाई उनले मिडियासामु विवाहको लागि प्रपोज गरेका छन्।
Rajesh-hamal-madhu
आफ्नी आमाले बुहारीको लागि छाडेर गएको नेकलेस मधुलाई लगाईदिँदा हमाल निकै भावुक पनि देखिए। नेकलेससँगै उनले मधुलाई हातमा औंठी लगाईदिए। रातो गुलाबसहित उनले गरेको प्रपोज निकै फिल्मी शैलीको पनि लाग्दथ्यो। हमालको यो रोमान्टिक क्षणमा गायक राजेश पायल राईले न कुनै बन्धन न कुनै परिधि, माया गर्छु तिमीलाई जुनी जुनी गीत गाएर साथ दिए । हमालको यो प्रपोज डे मा पत्रकारहरुले ताली बजाएर र फोटो खिचेर साथ दिए । विवाह गर्न निकै ढिलो गर्नुभयो नि भन्ने प्रश्नमा उनले जवाफ दिए ‘राजेश हमाल पनि बुढो हुन्छ र?’
Rajesh-hamal-premika-madhu
रमाईलो र खुशीको माहोलमा आफ्ना माता पितालाई मिस गरिरहेको हमालले बताए । विवाहको लागि हमालले मधुलाई प्रस्ताव राखे, मधुले पनि हमालको प्रस्तावलाई मौनता बीच समर्थन गरिन। तर, विवाहको आधिकारिक मिति भने अझै पनि सार्वजनिक गरिएन । हमालका दिदीबहिनीहरु अमेरिकाबाट आएपछि विवाहको डेट फिक्स गरिने जानकारी दिईएको छ। तर,आउँदो जेठ १४ गते भने उनले एक भब्य रिसेप्सन पार्टी आयोजना गरि आफन्तहरुमाझ मधुलाई चिनाउँदैछन् ।नौ बर्ष पहिले हमाल र मधुको भेट भएको हो। हमालका अनुसार पहिलो भेटमै उनले मधुलाई भिजिटिङ्ग कार्ड दिएका थिए। त्यसपछि उनीहरुको निरन्तर कुराकानी हुन थाल्यो र थाहै नपाई प्रेम बस्न गयो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.