नायक बन्ने धुनमा नृपेन्द्र विज्ञापनमा जम्दै


(सेलिब्रेटी नेपाल) २८ बैशाख-नेपाली चलचित्रको बजार खस्कि रहे पनि निर्माण कार्य घटेको छैन। त्यस्तै यो क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवती हरुको संख्या पनि बढी नै रहेको छ। यसै क्रममा नेपाली चलचित्र इन्डस्ट्री मा आफ्नो पहिचान बनाउनको लागि आई पुगेका छन् नृपेन्द्र क्षेत्रि। नृपेन्द्रले करिब १ दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरि सकेका छन्। सानो तिनो भूमिका गर्दै आफुमा भएको प्रतिभालाई निखार्दै अलि समय पश्चात सोलो नायक बन्ने उनको चाहना रहेको छ। एन सेलको टी भी एड,पेपर एड,जगदम्बा स्टिलको एडमा अभिनय र्याम बाट मोडलिंग ट्रेनिंग तथा विभिन्न फेशन शो हरुमा सहभागी भई सकेका छन्।Nirpendra-5
सिक्दै र गर्दै जाँदा मेहनतले र समयले कहाँ पुर्याउने छ’ उनि भन्छन। अहिले उनि सहायक निर्देशक भएर पनि काम गरि राखेका छन् ‘यहाँ प्रतिभा मात्र भएर नहुने रहेछ,अरु थुप्रै कसरत गर्नु पर्ने रहेछ’उनि थप्छन्।सपना देख्ने हरुको नै पुरा हुन्छ। आफुले देखेको सपना पुरा गर्न मिहेनत गरि राखेको छु एक दिन अबश्य सफल हुनेमा उनि बिस्वस्त छन् दुइ वर्षा अभिनय तथा नृत्य सिकेका क्षेत्रि आफु राम्रो कलाकार बनेर नाम कमाउने सोच का साथ यो क्षेत्र प्रवेश गरेको बताउछन्। हाल नेपाली चलचित्र बजारमा नयाँ प्रवेशी युवा युवती हरुको भिडमा नृपेन्द्र निर्माता निर्देशकहरुको रोजाइमा पर्न थालेका छन्। भबिस्यको एउटा सफल कलाकार हुने लक्षण उनीमा देखिएको छ।
नृपेन्द्रको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुस >>>>>>>>>>>>>>>>>>>>>>>>>>>
उनि अभिनित बिज्ञापन हेर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.