चेत राजाको सुनपानी सम्पादनमा


(सेलिब्रेटी नेपाल) २३ बैशाख- सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि निर्माण गरिएको चलचित्र ‘सुनपानी’ सम्पादनको अन्तिम चरणमा पुगेको छ । जातीय भेदभावविरुद्ध निर्माण भएको यो चलचित्र गुन्जन एण्ड कुसुम फिल्म्सको प्रस्तुतिमा लायन चेतबहादुर सिंहले निर्माण गरेको हुन भने सुनपानीका निर्देशक सविन बास्तोला रहेका छन्।।
sunapani-chet-raja
चलचित्रले सन्देश बोक्दै समाजका लागि उत्तरदायित्व निर्वाह गर्न सक्छ भन्ने उद्देश्यका साथ सुनपानी निर्माण गरिएको निर्माण पक्षको भनाइ छ। सुनपानीमा सविन बास्तोला, तारा केसी, अग्रज केसी, आशा भुसाल, नवीन तिमिल्सिना, निशा शाह, बुद्धिसागर खनाल, दिलिप तामाङ, चेत राजा, स्वस्तिका लामिछाने लगायतका कलाकारहरुको अभिनय रहेको छ। विमलराज क्षेत्रीको संगीत रहेको चलचित्र सामाजिक जनजागरणका लागि तयार पारिएकोले समाजका विभिन्न वर्गसम्म पुग्नका निमित्त सोही किसिमको प्रदर्शन व्यवस्थापन गर्दै रिलिज गरिने लक्ष्य निर्माण युनिटको रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.