जेठ २ गतेबाट ठुलो मान्छे


thulo-manchhe-poster(सेलिब्रेटी नेपाल) १६ बैशाख-बालबालिकासँग सम्बन्धित शैक्षिक विसंगतिका विरुद्ध ज्वलन्त आवाज उठाएको चलचित्र ‘ठूलो मान्छे’ आगामी जेठ २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। मिडिया प्रा.लि.को व्यानरमा प्रदिप खड्का प्रस्तुतकर्ता रहेको चलचित्रले सोमबार आफ्नो ट्रेलर र दुई गीत सञ्चारकर्मीमाझ सार्वजनिक गरेको छ। चलचित्रका निर्देशक प्रशान्त तामाङका अनुसार चलचित्रले वर्तमान नेपालको शिक्षण प्रणालीलाई व्यंग्य गर्दै विद्यार्थीलाई राम्रो वातावरणमा पढाउन सकिएमा भविष्यमा ऊ पनि ठूलो मान्छे बन्न सक्छ भन्ने सन्देश बोकेको छ। ‘अभिभावकको डर, शिक्षकको व्यवहार र विद्यालयको वातावरणले पनि विद्यार्थीको पढाईमा प्रभाव पार्ने गरेको छ,’निर्देशक तामाङले भने,‘यही विषयलाई मध्यनजर गर्दै हामीले बाल मनोविज्ञानलाई प्रमुख विषय बनाएर चलचित्र निर्माण गरेका हौं।’प्रमोद सुब्बा निर्माता रहेको चलचित्रमा नायिका केकी अधिकारीले प्रमुख भूमिकामा अभिनय गरेकी छन् भने कुशल, रोमन, उज्जवल, आशिष, विवेक, अविरल, प्रेम र सुष्माले पनि अभिनय गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.