पुरानो गीत ‘तिम्रो मनमा लुकेको कुरा’ फिमेल भर्सन सार्वजनिक (भिडियो)



काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। केहि दिन अघि राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच मेल भर्सन सार्वजनिक गरिएको थियो भने अहिले फिमेल भर्सन सार्वजनिक गरिएको हो।

३३ बर्ष अघि निर्माण भएको चलचित्र ‘चिनो’ मा समाबेस ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए। गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ। रिमेक भर्सनमा मेल भर्सन गायक शंकर श्रेष्ठ र फिमेल भर्सन गायिका अन्नु चौधरीको स्वर रहेको छ।

सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी,शर्मिला मल्ल,सुरविर पण्डित, शिशिर भण्डारी,शंकर श्रेष्ठ,अश्विनी शाहीको अभिनय रहेको छ। भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन्। गीतको भिडियो क्रियटिभ आवर प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.