गीत संगीत लाई दरिलो हतियार मानेको ‘नाई नभन्नु ल २’


(सेलिब्रेटी नेपाल) २० चैत्र- अबको एक साता पछि अर्थात् चैत्र २८ गते रिलिज हुने चलचित्र ‘नाई नभन्नु ल २’ को गीत संगीत यति बेला सर्बाधिक चर्चा मा छ आज चलचित्र ‘नाई नभन्नु ल २’ को पत्रकार सम्मेलनमा चलचित्रको बिषयमा चर्चा भयो।
Priyanka-karki-rajesh
प्रेससँग प्रत्यक्ष कुराकानीमा पत्रकार सम्मेलन भएकाले पनि सिनेमा र कलाकारका बिषयमा धेरै कुराहरु बाहिर आए। निर्देशक विकास आचार्यले सिनेमा चल्नेमा आफू ढुक्क भएको बताए भने नायक जीवन लुइटेलले चलचित्र भित्र आफू छोटो तर महत्वपूर्ण भूमिकामा भएको बताएका छन्। प्रियंका कार्की आफु आमाको रोलमा देखिएको र आफ्नो भूमिका निकै च्यालेंजिंग रहेको बताईंन।
Jiwan-luitel
चलचित्रमा सुरज सिंह ठकुरी, जीवन लुँइटेल, सरोज खनाल, प्रियंका कार्की, बर्षा शिवाकोटी, अनुभव रेग्मी, सुज्ञानी भट्टराई, सिताराम कट्टेल, सोहित मानन्धर, निर्दोष केसी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा वसन्त सापकोटा र सुरेश गैरेको संगीत, कविराज गहतराजको नृत्य, पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको छ। डाक्टर कृष्णहरी बरालको शब्दमा बनेका गीत हरुलाई निर्माणपक्षले चलचित्रको बलियो हतियार मानेको छ।
Anubhav-regmi

Barsha-siwakoti

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.