(सेलिब्रेटी नेपाल) १६ चैत्र-चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितीलाई नेपाल चलचित्र कलाकार संघले सम्मान गरेको छ । आइतवार कलाकार संघको कार्यालय अनामनगरमा पत्रकार संघका पदाधिकारीहरूलाई सम्मान गरिएको हो।कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, उपाध्यक्षद्धय लक्ष्मण सुवेदी र विष्णु सुवेदी, महासचिव सन्दिप सापकोटा, सचिव दिनेश सिटौला, कोषाध्यक्ष कुवेर डंगोल, सदस्यहरु सुमन गैरे, विजय आवाज र गीता अधिकारीलाई सम्मानित गरिएको थियो। सदस्यद्धय निमेष गौतम र किरण खनाल भने कार्यक्रममा उपस्थित भएनन्। कार्यक्रममा बरिस्ट कलाकारहरु हरिहर शर्मा, मदनदास श्रेष्ठ,भुवन चन्द, रमेश बुढाथोकी,रबिन्द्र खड्का,नायिका सुमिना घिमिरे लय संग्रौला,सानु ताम्राकार,प्रदिप सिंह,निर्माता तथा डीसीएन अध्यक्ष अशोक शर्मा,लगायतको उपस्थिति रहेको थियो।
सम्बधित पोस्टहरु
‘ज्वाइँ साब’ मा जितु र नीतिको केमेस्ट्रि कस्तो होला ?
काठमाडौं । यही असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाहको यति बेला राम्रै चर्चा छ । फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित भएसँगै चर्चामा रहेका जितु र नीति फिल्मको प्रचारप्रसार सामाग्री...
धिरज र उपासनाको सिनेमा ‘खुस्मा’ को भव्य प्रिमियर
काठमाडौँ। असोज ३ अर्थात भोली बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमाको भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण...
प्रियंका, दीया र सुलक्षणको चलचित्र ‘ममी’ को शुभमुहर्त
काठमाडौँ। सो ट्वान्टीफाईभको ब्यानरमा निर्माणधीन हरर जनराको चलचित्र ‘ममी’को आज राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर उपकरणलाई पूजा गरि छायाँकनको सुरुवात गरिएको छ । पूर्णिमा जोशी र समर निरौलाको संयुक्त...
‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४’ (इन्फा) लण्डनमा सम्पन्न
काठमाडौँ। ‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४’ (इन्फा) लण्डनमा सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो । अनमोल केसी...
९ वटा सिनेमाहल बीच इन्टर सिनेमाज फुटसल कम्पिटिसन हुने
रघुनाथ सापकोटा काठमाडौँ। मानिसहरु बिभिन्न खेलहरुमा रुचि राख्छन् । आजको फिटनेस हाटबजारले मानिसलाई स्वास्थ्यको लागि चल्नुपर्छ, पसिना बगाउनुपर्छ भन्ने कुरा धेरै नै सिकाएको छ । अबश्य पनि मानिसले चल्नुपर्छ, शरीरलाई चलाउनुपर्छ । एउटा...
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो...