नियात्रा कृतिमाथि परिचर्चा


(सेलिब्रेटी नेपाल) १४ फागुन-तामाङ समुदायमा लामाले गाउँघरमा भीक्षा माग्दै सोइनम खेल्ने संस्कृति छ। एउटा गाउँदेखि अर्को गाउँ यात्रा गर्ने यो संस्कृति अचेल लोपोन्मुख छ । लेखक विकु लामाले भने गाउँघरमा पुस्तकालय निर्माणको यात्रा गरेर किताब लेखे- ‘सोइनम’ । काभ्रेको विकट गाउँहरूका झन्डै दुई सय पुस्तकालय स्थापना गर्दै हिँड्ने क्रममा जन्मिएको यो नियात्रा कृतिमाथि बुधबार राजधानीमा परिचर्या गरियो ।
Biku-Lama-cbn
‘२५ वर्षअघि म पनि यसरी नै विकट गाउँ चाहार्दै हिँड्थें,’ कृतिमाथि टिप्पणी गर्दै जापानका लागि पूर्वराजदुत डा. गणेश योञ्जनले भने, ‘कृतिभित्र मैले आफ्नै विगत भेट्टाएँ ।’ उनले कृति समाजलाई सकारात्मक र चेतनाको दिशातिर डोर्‍याउने महत्त्वपूर्ण दस्तावेजको रूपमा रहेको दाबी गरे । ‘एक हिसाबले यो काभ्रेको विकट कणर्ाली मानिने थलोको कथा हो,’ कृति साहित्यकार हरि मञ्जुश्रीले भने, ‘पढ्दै जाँदा कतै कथा, कतै निबन्ध तथा कतै उपन्यासको स्वाद आउँछ।’

लेखक लामाले चाहिँ कृतिलाई यात्रा उपन्यासको रूपमा प्रस्तुत गर्न खोजेको दाबी गरे । ‘महाभारत पर्वत उक्लेर एउटै खोला १७ ठाउँ तर्दै समेत काम गरें,’ उनले भने, ‘यथार्थ घटना तर सुन्दै उपन्यासझैं लाग्ने सन्दर्भ यसभित्र छन् ।’ शब्द यात्रा प्रकाशनले छापेको किताबमाथि समाजशास्त्री डा. संग्रामसिह लामा, लेखिका शान्ति चौधरी, जगत दोङ, जगत तामाङ लगायतले पनि टिप्पणी गरे। कृतिबाट प्राप्त रकमबाट काभ्रेको दाप्चास्थित नमोबुद्ध प्राविमा सोइनम लाइब्रेरी स्थापना गरेको जनाउँदै सम्पूर्ण रकम पुस्तकालयलाई नै जाने विकुले जनाए । सेलो थिएटरले गरेको अन्तरक्रियामा आबुधाबीबाट सोइनम बिक्री गरेर पुस्तकालयलाई आर्थिक सहयोग पुर्‍याउने कमानसिं तामाङलाई सम्मानसमेत गरिएको थियो।

Kantipur bat sabhar

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.