सेतो बाघ मार्फत पत्रकारिता बाट अभिनय यात्रामा स्वस्तिका


(सेलिब्रेटी नेपाल) ९ फागुन-झण्डै एकदशक देखि चलचित्र पत्रकारिता गरि राखेकी चलचित्र पत्रकार स्वस्तिका चिलुवाल अब सिनेमाको पर्दामा देखिने भएकी छिन। लमजुड. जिल्लाबाट काठमाण्डौ आएर कार्य गरि रहेकी चिलुवालले निर शाह निर्देशित चलचित्र सेतो बाघबाट आफ्नो अभिनय यात्रा थालनी गरेकी हुन्।
swastika-chiluwal
अभिनय भन्दा पनि पत्रकारिताबाटनै आफुलाई चिनाउन चाहेको बताउने उनले सेतोबाघ एउटा ऐतिहासिक चलचित्र भएकोले र निर शाह जस्तो वरिष्ठ निर्देशकले निर्देशन गरेको चलचित्र भएकोले आफुले अभिनय गरेको बताएकी छिन्। चलचित्र सेतो वाघमा चिलुवालले राज पुरोहितकी छोरी शशिकलाको भुमिकामा बाल बिधवा बनि अभिनय गरेकी छिन्। चलचित्र सेतो बाघको यतिबेला धमाधम छायांकन भईरहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.