सुनिलको चलचित्रमा डेनिस कलाकार


(सेलिब्रेटी नेपाल) १८ फागुन-नेपाली चलचित्रका नायक नायिकाले विदेशी चलचित्रमा देखिन मरिहत्ते गरेको सुनिन्छ देखिन्छ। तर, विदेशी कलाकार नेपाली फिल्ममा काम गर्न पनि उत्तिकै लालायित हुँदा रहेछन् त्यो दृष्य शुक्रवार देखियो । दुर्गिस फिल्मसको तेस्रो प्रस्तुति ‘लभ (रङ काटिएको) नम्बर’मा अनुबन्ध हुँदा डेनिस कलाकार दंग थिए। सुनिल रावलको होम प्रोडक्सनमा बन्ने चलचित्रमा डेनिस नायिका एन्नेमेटे बोए,नायक म्याक्स एंकर र हास्यकलाकार एलेन नियल्सेन अनुबन्ध भएका हुन्। त्यस्तै डेनमार्कवासी सन्तकुमार थापा मगरलाई कोरियोग्राफीका लागि अनुबन्ध गरिएको छ । एन्नेमेटे त्यहाँको रंगमञ्च र सर्ट फिल्ममा काम गरिरहेकी छिन् भने कलाकारिता विषयमैँ उच्च शिक्षा अध्ययन गरिरहेकी छिन् । त्यस्तै म्याक्स पनि कलाकारिताका विद्यार्थी हुन् भने एलेन त्यहाँका संस्कृतिकर्मी हुन्। शुक्रवार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गर्नुको साथै फिल्ममा साइन गराइएको थियो ।
rong-number
पत्रकार सम्मेलनमा नेपाली सञ्चारकर्मीले समेत नेपालबाटै स्काइपको माध्यामबाट सहभागीता जनाएका थिए । साथै उनीहरुसँग अन्र्तक्रिया गरेका थिए । नेपाली पत्रकारको तर्फबाट शुक्रवार साप्ताहिक तथा मनोरञ्जन संसारका पत्रकार डिबी खड्काले सहभागीता जनाएका थिए। उनले डेनिस तथा नेपाली नवअनुबन्धित कलाकारहरुका साथ स्काईपमा अन्र्तवार्ता समेत लिएका थिए। दुर्गिस फिल्मस्का तर्फबाट डेनमार्कमा रहेका कलाकार तथा ब्यबस्थापक पूर्ण बन्धनले हस्ताक्षर गर्नूका साथै पत्रकार सम्मेलनमा सहभागीता जनाएका थिए।

गत डिसेम्बर महिनामा सुनिल रावल युरोप भ्रमण रहेका बेला उनको चलचित्र निर्माता कम्पनी दुर्गिस फिल्मस र पूर्ण बन्धन संस्थापक अध्यक्ष रहेको डेनमार्कस्थीत ‘नेपाली सडक महोत्सव प्रतिष्ठान’बीच सुदूरपश्चिममा ‘छोराछोरीको घर’ नामक बालगृह स्थापना गरी परोपकारका क्षेत्रमा समेत साझेदारी हुने गरी एक सम्झौता भएको थियो । उक्त सम्झौतामा, दूर्गिस फिल्मसको तेस्रो फिल्मको छायांकनको केही खण्ड डेनमार्कमा गरिने र त्यसका लागि नेपाली सडक महोत्सव प्रतिष्ठानले सम्पूर्ण व्यवस्था मिलाउने कुरा उल्लेख छ । जसवापत दूगिर्स फिल्मसले पनि प्रतिष्ठानले लक्षित गरेको सुदूरपश्चिमको छोराछोरीको घर बनाउनका लागि आङ्खनो कूल नाफाको ५ प्रतिशत आथिर्क सहयोग दिने सहमती भएको थियो ।
युवा र प्रेम कथालाई मुख्य विषय बनाइएको फिल्ममा इन्टर कल्चरल इन्टिग्रेशनलाई महत्व दिइने बताइएको छ । फिल्मको निर्देशन सुरज भुषालले गर्ने तय भइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.