‘तोरी लाहुरे’ ले गर्यो अनाथ बाल बालिकाहरु लाई सहयोग


(सेलिब्रेटी नेपाल) ५ फागुन- फागुन २१ गते बाट अल नेपाल रिलिज हुने चलचित्र ‘तोरी लाहुरे’ ले काँडाघारीमा रहेको सृजनशील बाल गृहमा रहेका अनाथ बाल बालिकाहरु लाई सहयोग गरेको छ।Tori-lahure-bal
उक्त कार्यक्रममा चलचित्रका कलाकारहरु गजित बिस्ट,रोहित रुम्बा,अशिश्मा नकर्मी निर्देशक एन.बि.महर्जन,निर्माता दिल कुमार तामांग लगाएतको उपस्थिति रहेको थियो। उक्त बाल गृहमा १६ जना अनाथ बाल बालिकाहरु रहेका छन्। बाल गृहमा रहेका बाल बालिका हरुलाई चकलेट,रासन,तथा अन्य खाद्यान्न सामग्रीहरु दिएयको छ।
tori-lahure-ashisma-nakarmiनायक गजित बिस्टले आफ्नो ब्यग्तिगत तर्फबाट पनि अनाथालय लाई रु.पाँच हजार सहयोग गरेका छन्। पूर्ण कमेडी बेसमा बनेको चलचित्रले दर्शक लाई भरपुर मनोरंजन प्रदान गर्ने निर्माण पक्षले दाबी गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.