सुपर हिरो हाकु काले हल हलमा


(सेलिब्रेटी नेपाल) २८ मंसिर-एकै साता ४- ५ वटा सम्म चलचित्र रिलिज हुने नेपाली चलचित्र बजारमा गएको साता लोफरले जस्तै यो साता ‘सौर्य’ ले सोलो रिलिजको मौका पाएको छ। चलचित्रको बजार सुस्त हुँदै गइ रहेको समयमा सौर्यले केहि आशा जगाउने हो कि भन्ने निर्माण युनिट तथा अन्य चलचित्र कर्मिको आशा रहेको छ। महानायक राजेश हमाल तथा लुट बाट स्टार बनेका नायक सौगात मल्ल एकै चलचित्रमा देखिन लागेको हुनाले पनि बजारमा राम्रै हल्ला चलेको हो। ‘सौर्य’ मा सौगात मल्ल सुपर हिरोको रुपमा देखिन लागेका हुन्।
sourya-poster
चलचित्र कमेडी, एक्सन र ड्रामाको संयोजन रहेको बताइएको छ। हाकिम इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘सौर्य’मा राजेश हमाल र सौगात संगै हेमा श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । सुरेन्द्र गुरुङ (हाकिम) को लगानीमा बनेको यो चलचित्रलाई मार्कन्डेय दीपबिम बस्नेतले निर्देशन गरेका हुन।

Copyright © 2012 - 2026 | All Right Reserved.