जीवन र रेखा उत्कृस्ट नायक नायिका रिदम उत्कृस्ट चलचित्र


(सेलिब्रेटी नेपाल) ११ कार्तिक-एचटिभी फिल्मी खबर डी सिने अवार्ड २०७० मा चलचित्र नोटबुकले सबैलाई उछिन्दै सर्वाधिक पाँच अवार्ड हात पारेको छ। सबैभन्दा बढी १४⁄१४ विधाका लागि मनोनयनमा परेको नोटबुकसँगैको मायाज बारले पनि नोटबुकलाई पछ्याउँदै चार अवार्ड प्राप्त गर्न सफल भएको छ।
Jiwan-luitel_rekha-thapa
नोटबुकले जीवन लुइँटेललाई सर्वोत्कृष्ट अभिनेता, प्रल्हाद तिमिल्सिनालाई गायक, मिलन अमात्यलाई गायिका, शिवम् अधिकारीलाई संवाद र योगेश घिमिरेलाई कथा गरी पाँच अवार्ड हात पर्यो। मायाजबारले नायिका करिश्मा मानन्धरलाई सह–अभिनेत्री, पुरुषोत्तम प्रधानलाई छायांकार, एलिस कार्कीलाई पाश्र्व संगीत र गजित विष्टलाई नवनायकको अवार्ड दिलायो।
Gajit-bista_nisha-adhikari
राजधानीमा आइतबार सम्पन्न कार्यक्रममा अभिनेत्रीको अवार्ड भने नायिका रेखा थापाले चलचित्र लंकाका लागि प्राप्त गरिन भने निर्देशकको अवार्ड चलचित्र रिदमका लागि विकास आचार्यले पाए। सह–अभिनेताको अवार्ड विल्सनविक्रम राईले प्राप्त गरेका थिए भने नवनायिकाको अवार्ड चलचित्र युजका लागि सीमा केसीले पाइन्। संयोगको कुरा त के थियो भने अभिनेता टीका पहाडी र उनका नायक छोरा गौरव पहाडी एकै मञ्चमा एकै फिल्मबाट पुरस्कृत भएका थिए। चलचित्र मञ्जरीबाट टीकाले चरित्र अभिनेताको अवार्ड हात पारेका थिए भने उनका छोरा गौरवले पब्लिक च्वाइसको अवार्ड उचालेका थिए।
D-cine-award-group
त्यसै गरी क्रिटिक्स अवार्डअन्तर्गत दिनेश डीसी र अर्पण थापाले निर्देशक र अभिनेताको अवार्ड थापे। चलचित्र भिजिलान्तेका लागि इन्करेजमेन्ट अवार्ड दीपक के खनाललाई प्रदान गरिएको समारोहमा शर्मिला मल्ल र मदनदास श्रेष्ठलाई चलचित्रकर्मी रजत सम्मान प्रदान गरिएको थियो। त्यसै गरी छाया छवि पत्रकारिता पुरस्कारबाट नगद ५ हजारको साथमा ताम्रपत्रद्वारा पत्रकार राजन घिमिरे पुरस्कृत भए।
d-cine-award

Jiwan-luitel-award

Copyright © 2012 - 2026 | All Right Reserved.