जिया के.सी. संग कम्मर मर्काए केपी ओलीले


(सेलिब्रेटी नेपाल) ९ कार्तिक-माहोल सांस्कृतिक कार्यक्रमको थियो । सबैलाई कलाकारहरुले उत्साहित बनाइरहेका थिए । त्यही बेलामा नेकपा एमालेका प्रभावशाली नेता केपी ओली मञ्चमा गएर कलाकारसँग छमछमी नाच्न थाले ।
Jiya-kc_kp-oli
संविधानसभा निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउन सांस्कृतिक कार्यक्रमको सहयोग लिने क्रममा एमालेले बिहीबार झापाको दमकमा ओलीलाई समेत नाच्ने वातावरण वनायो । लोक गायक बद्री पंगेनीको गीतमा नाच्दै गरेकी नायिका जीया केसीले मञ्चमा बसेर मुसुमुसु हाँसिरहेका ओलीलाई हातमा तानेर उठाइन र सँगसँगै नचाइन । त्यस क्रममा नायक तथा एमालेका समानुपातिक उम्मेदवार भुवन केसी, लोक गायक बद्री पंगेनी, गायिका तथा मोडेल निशा सुनार ओलीसँग नाँच्न पुगे । निशाले भुवनलाई तानिन् र पाँच जना भएर नाचेको नेपाल समाचारपत्रमा खबर छ ।

एमाले झापा क्षेत्र नम्बर ७ को आयोजनामा त्यस क्षेत्रका उम्मेदवार ओलीलाई जिताउन काठमाण्डौंबाट कलाकारको टोली पुगेर गीत र मन्तव्यबाट भोट मागिएको थियो । ओलीको नृत्यबाट सुरु भएको सांस्कृतिक कार्यक्रममा दोस्रो प्रस्तुतिका रुपमा दमक डान्स सेन्टरले कोही पूर्व घर बोलको राष्ट्रिय एकताको भावनाको गीतमा नृत्य प्रस्तुत गरेको थियो ।