यस बर्षको सफल चलचित्र होस्टेलले गर्यो सक्सेस पार्टी (फोटो फिचर)


(सेलिब्रेटी नेपाल) २१ असोज-यस बर्ष २०७०मा रिलिज भएका ६० वटा चलचित्र मध्ये सर्वाधिक सफल चलचित्र ‘होस्टेल’ले आइतवार राजधानीमा उल्लासमय सक्सेस पार्टी आयोजना गरि खुशी साटेको छ। चलचित्र उद्योगलाई केहि आशा जगाएको यस चलचित्रको व्यापारबाट पूर्ण सन्तुष्ट युनिटले आयोजना गरेको पार्टीमा थुप्रै कलाकार तथा चलचित्र पत्रकार हरुको उपस्थिती रहेको थियो।
hostel-sucsess
‘मैले देखाउन होइन, खुशीयाली साट्न पार्टी दिएको हुँ। यस्ता पार्टींमा सहभागी हुने अवसर चलचित्रकर्मीलाई नमिलेको धेरै भयो । त्यसैले एकपटक नेपाली चलचित्र क्षेत्रसँग आवद्ध सबैलाई दशैँअघि जमघट गराउने योजना अनुरुप पनि यो पार्टी गरिएको हो’ चलचित्रका निर्माता सुनिल रावलले बताए।
Chabi-ojha_sunil-raul
हेमराज विसीले निर्देशन गरेको होस्टेलमा नयाँ पुस्ताका कलाकार मानिएका अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, प्रकृती श्रेष्ठ, सिञ्चन केसी, रिश्ता बस्नेत लगाएतका कलाकारले अभिनय गरेका छन्।
hostel-bhuwan-kc
nirmal-sharma_dipa-shree
Tulsi-ghimire-_sunil-raul_tika

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.