हिरोको पालो पछि भने जस्तै भुवन समानुपातिकमा उमेद्वार


(सेलिब्रेटी नेपाल) २० असोज-प्रत्यक्षतर्फको टिकट नपाए एमाले नै छाड्ने तयारीमा लागेका कलाकार भुवन के सी लाई एमालेले अन्तत समानुपातिक तर्फबाट उम्मेद्वार बनाउने निश्चित भएको छ काठमाडौं १ बाट प्रत्यक्षतर्फको उनले टिकट पाए लगत्तै त्यसक्षेत्रका एमाले कार्यकर्ताले विरोध गरे। स्थानीय नेता कार्यकर्ताको दबाबमा एमालेले उनको नाम हटायो।
Bhuwan-kc
यसअघि टिकट नपाउने अवस्था देखेपछि उनी राप्रपा नेपालमा प्रवेश गर्ने तयारीमा थिए। पछि एमालेले प्रत्यक्षतर्फको टिकट दिने आश्वासन पाएपछि उनी राप्रपा नेपालमा गएनन् ।राप्रपा नेपाल प्रवेश गर्नबाट रोकेको एमालेले आश्वासन अनुसार केसीलाई प्रत्यक्षतर्फको टिकट पनि दियो। नाम हटाउँदासम्म केसी आफू नै उम्मेद्वार भएको दावी गर्दै आएका थिए। उनले देशव्यापी रुपमा एमालेले बहुमत ल्याउन जेजस्तो योगदान गर्न पनि तयार रहेको बताएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.