आफ्नो सहमतिमै टिकट छाडेको हुँ भुवन के.सी.


(सेलिब्रेटी नेपाल) १८ असोज -आउने संविधान सभाको चुनावमा नेकपा एमालेको २४ घन्टे उम्मेदवार बने पछि नायक भूवन केसीको चर्चासँगै आलोचना पनि भयो। एमालेले एक दिनका लागि संविधान सभाको चुनावमा उम्मेदवार बनाएपछि भूवन केसी मौन बसे। टिकट पाए लगतै ३ करोड जनताको साथ रहेको बताएका भूवन केसी टिकट खोसिएपछि मौन बसेका थिए।
Bhuwan-kc
उनलाई काठमाण्डौ क्षेत्र नम्बर १ बाट टिकट दिइएको थियो । भूवनले आफूलाई ३ करोड जनताले नै माया गर्ने दोहोर्‍याउदै चुनाव जित्ने कुरामा ढुक्क थिए भनेका छन् । तर टिकट खोसिएको केही दिन पछि भूवनले आफूले पार्टीसँग सल्लाह गरेरै टिकट छोडेको बताएका छन्। उनले भने, ‘लामो समयदेखि पार्टीमा लागेर योगदान गरेका नेताको लागि मैले उम्मेदवारी छोड्नु जायज ठाने र फिर्ता गरे।’ उनले आफूले टिकट पाएपछि एमाले भित्र केही असन्तुष्टि देखिएको स्विकार गर्दै पार्टीलाई भोलीको अवस्थामा गाह्रो हुने देखेर टिकट छोडेको बताएका छन्। उनले प्रेस बिज्ञप्ति जारी गर्दै क्षमा याचना समेत गरेका छन् उनले आफु एमाले छाडेर अन्त नजाने र चुनाब लाई आफुले सक्दो पार्टीलाई सहयोग गर्ने पनि बताएका छन्।
भुवन द्वारा जारी प्रेस बिज्ञप्ति
bhuwan-kc-bigyapti

Copyright © 2012 - 2026 | All Right Reserved.