(सेलिब्रेटी नेपाल) १६ असोज-नेकपा एमालेले सवैलाई चकित पारेर नायक भुवन केसीलाई संविधान सभा चुनावमा काठमाडौ क्षेत्र नंवर १ वाट टिकट दिएको २४ घण्टा नवित्दै खोसेको छ । पार्टीका कार्यकर्ताको व्यापक विरोध तथा तिब्र प्रतिक्रिया पश्चात नेकपा एमालेको स्थायी कमिटीको बैठकले नायक केसीलाई दिएको टिकट खोसेको जनाएको छ । नायक केसीको स्थानमा काठमाडौ क्षेत्र नंवर १ वाट एमालेका विद्या न्यौपानेलाई टिकट दिएको छ। नायक केसीको टिकट खोसिएपछि पार्टी कार्यकर्तामा खुशीको लहर छाएको छ भने, नायक भुवन केसीले भने, आफूविरुद्ध षडयन्त्र भएको प्रतिक्रिया जनाएका छन् ।
२०६८ सालमा एमाले प्रवेश गरेका केसी आगामी संविधानसभा चुनावमा उम्मेद्वार बन्ने हल्लाले यसअघिदेखि नै चर्चित भएका थिए । चुनावमा टिकट पाउन उनले पार्टी नेताहरुको घरदैलो मात्र चाहारेनन्, पार्टी छोड्ने धम्की समेत दिए ।एकहप्ता अघि राप्रपा नेपालमा प्रवेश गर्न लागेका उनलाई टिकट दिने आश्वासनामा एमालेले रोकेको थियो । यही आश्वासन अनुसार मंगलबार उनले टिकट पनि पाए । तर एमाले भित्रैबाट यसको बिरोध भएपछि एमालेले उनको टिकट खोसेको हो ।