अन्तराल ढाका अन्तरास्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने


(सेलिब्रेटी नेपाल) २५ भाद्र-दिपा बस्नेत निर्देशित ‘अन्तराल’ले बंगलादेशको ढाकामा हुने ‘१३ औं ढाका अन्तरास्ट्रिय  फिल्म फेस्टिभल’मा सहभागीता जनाउने भएको छ। सन् २०१४ को जनवरी १० देखि १८ तारिखसम्म हुने फेस्टिभलको अन्तरास्ट्रिय  सेक्सनमा यो चलचित्र स्क्रिनिङ हुने भएको हो। स्क्रिनिङको लागि आयोजक रेन्बो फिल्म सोसाईटीबाट चलचित्र युनिटले औपचारिक पत्र पाइसकेको छ। जीवनसाथी बस्नेतले निर्माण गरेको ‘अन्तराल’मा गाउँबाट काठमाडौं आएर डेरामा बस्ने युवा विद्यार्थीको कथा समेटिएको छ।  फेस्टिभलमा चलचित्रको उपस्थिती बलियो हुने निर्देशक बस्नेतको विश्वास छ। उनले अन्य धेरै फेस्टिभलमा पनि सहभागीताको लागि प्रयास गरिरहेको जानकारी दिईन्।

antaral film cbn

‘अन्तराल’मा कमलमणी नेपाल, राजकुमार पुडासैनी, लोकेन्द्र, नम्रता सापकोटा, अशिष्मा नकर्मी, मानव सुवेदी, अमितेष शाह, लगाएतका कलाकारको अभिनय रहेको छ। गत जेठमा प्रदर्शनमा आएको ‘अन्तराल’ले नेपाली चलचित्र बजारमा राम्रै चर्चा बटुलेको थियो । समीक्षकहरुले हेर्न लायकको चलचित्र ठम्म्याएको अन्तरालका निर्देशक दिपा बस्नेतको निर्देशन क्षमताको पनि उत्तिकै प्रशंसा भएको थियो । चलचित्र निर्देशनमा स्नातक गरेकी दिपा हाल अर्को चलचित्रको तयारीमा छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.