नायिकालाई नाङ्गो बनाउने राजुको खुबी


(सेलिब्रेटी नेपाल) २१ भाद्र-नेपाली चलचित्र बजारमा सेक्सी निर्देशकको नामले चिनिने राजु गिरीको अर्को चलचित्र ‘विन्दास २’ को पोस्टर हेर्ने जो कोहिले पनि राजु गिरीको उपनाम लाई स्वीकार गर्छन नै अरु खुबी कम भए पनि नायिकाको शरीर लाई कलात्मक तरिकाले नाङ्गो देखाएर चलचित्रको चर्चा गर्न खुबै सिपालु छन् निर्देशक गिरि उनको यस अघिका चलचित्र हरु बिन्दास,चन्द्रावती र रक्षा मा पनि नायिकाको नाम जोडिएर बिबादमा आएकै हुन्। राजुले यस अगाडि पनि ‘चन्द्रावती’मा शशि खड्का,’विन्दास’मा सुष्मा कार्की र ‘रक्षा’मा पुजना प्रधानलाई नंग्याएका थिए। त्यसमाथि पुजनाले लगभग सामाजिक बहिष्कार सहनु परेको थियो। पोस्टर हेर्दा अनिशा पनि यस्तै बहिष्कारको सिकार हुने सम्भावना देखिन्छ। बलिउड नायिकाले फिल्म नशा मा आफुलाई प्रस्तुत गरेकै शैलीमा र उक्त पोस्टर जस्तै बिन्दास २ को पोस्टर निर्माण गरिएको छ।
bindash 2-hot-poster
भलै भोलि यो पोस्टर लाई सेन्सरले छापेर भित्तामा टास्न नदेला तर चलचित्र एक किसिमको प्रचार प्रसारमा चाँही सजिलो पुग्ने नै देखिन्छ। पुनम पाण्डेका झझल्को दिने गरी नवप्रवेशी नेपाली नायिका अनिशा गुरुङले पुनमको जस्तै वस्त्रविहीन तस्बिर खिचाएकी छिन्। यो तस्बिरले नायिका २ दिन चर्चामा त आउलिन तर उनको नेपाली चलचित्रमा भबिस्य कस्तो होला? चलचित्रको सार्वजनिक पोष्टरमा अनिशा बस्त्रविहीन देखिएकी छिन्। उनका लाजका गहना चलचित्रको नाम र प्रदर्शन मितिले छोपिएको छ। चलचित्र ‘बिन्दास २’ कार्तिक १५ गते बाट प्रदर्शनमा आउनेछ चलचित्रमा जीवन लुइँटेल र सुष्मा कार्कीको रोमान्स देख्न सकिन्छ।

Copyright © 2012 - 2026 | All Right Reserved.