अभिभावकको साथमा मात्रै राजनीति


(सेलिब्रेटी नेपाल) १९ भाद्र- चलचित्र ‘राजनीति’ मा समाबेश सुष्माको आइटम डान्सका कारण १६ वर्ष मुनिका बालबालिकाले चलचित्र हेर्न अभिभावक साथमा लिएर जानुपर्नेछ । बसन्त निरौला निर्देशित यस चलचित्रलाई चलचित्र जाँच पास समितिले प्यारेन्टल गाइडेन्स (पिजी) सर्टिफिकेट दिएको हो।
rajneeti-poster
द्धन्द्धको दृश्य र सुस्मा कार्कीको आइटम गीतलाई कारण देखाउँदै सेन्सर बोर्डले उक्त सर्टिफिकेट प्रदान गरेको निर्देशक निरौलाले बताए । चलचित्र नेपालको वर्तमान राजनीतिक घटनाक्रसँग सम्बन्धित भएकोले सेन्सरमा उल्झन आउन सक्ने निर्माण युनिटको अनुमान थियो । अभिनेता राजेश हमाल र कोमल वली चलचित्रका प्रमुख पात्र हुन्। अविवाहित यो जोडी पर्दामा पती पत्नीको भुमिकामा प्रस्तुत भएको छ । चलचित्रमा पवित्रा आचार्य, दीपक कुमार भट्टराई, दीपक सुवेदी रमेश बुढाथोकी लगायतको मुख्य भूमिका रहेको छ। राजनीति यही भदौ २८ गते देशका विभिन्न हलमा प्रदर्शन हुँदैछ। राजनीति संगै २८ गते चेलीबेटी बेच बिखनको बिषय रहेको ढुवानी पनि प्रदर्शन हुँदै छ।

Copyright © 2012 - 2026 | All Right Reserved.