मौन नम्रता र बर्बाद जियाको कम्पिटिसन


Namrata-shrestha-jiya kc
(सेलिब्रेटी नेपाल) १६ भाद्र- नम्रता श्रेष्ठ र अर्पण थापाको मुख्य भुमिका रहेको चलचित्र ‘मौन’ र जिया के सी को चलचित्र ‘बर्बाद’ असोज ११ गते एकै दिन बाट प्रदर्शन हुने भएको छ सुरज भुसाल निर्देशित चलचित्रमा अर्पण थापा र नम्रता श्रेष्ठको मौन जोडी देख्न सकिन्छ। मौन जोडी यस अर्थमा हो कि दुवै जना चलचित्र भित्र कान सुन्न नसक्ने पात्रका रुपमा अभिनय गरेका छन्।

श्रीमानले श्रीमतिको यौन चाहना नबुझ्दा एउटा घर कसरि बर्बाद हुन्छ भन्ने बिषयमा आधारित चलचित्र ‘बर्बाद’लामो समयको पर्खार्इ पछि बल्ल सेन्सर पास भएको छ। चलचित्र बर्बादमा जिया केसि , जिके शर्मा , गणेश गिरि आदि कलाकारको अभिनय रहेको छ। चलचित्र लाइ रिम बिश्वकर्माले निर्देशन गरेका हुन् भने निर्माण जिके शर्माले गरेका हुन।जियाको बर्बाद जवानी र नम्रताको मौन अभिनयमाको भिडन्तमा कुन चाँही लाई दर्शकले मन पराउने हुन् त्यो भने असोज ११ पछि नै थाह हुने छ।

Copyright © 2012 - 2026 | All Right Reserved.